गणतन्त्र विरोधी देउवा गणतन्त्र नेपालका नवौं प्रधानमन्त्रि

जेठ २३, काठमाडौं । व्यवस्थापिका संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । देउवा नेपालको ४० औं प्रधानमन्त्री हुन् । गणतन्त्र पछि पहिलो पटक प्रधानमन्त्री बनेका देउवा गणतन्त्र पछिका नवौं प्रधानमन्त्री हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रस्तावक र काँग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रीकका अध्यक्ष विजय गच्छदार लगाएतले देउवालाई समर्थन गरेका थिए । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।
चौंथो पटक देशको कार्यकारी प्रमुखमा निर्वाचित देउवाको विगत संसदीय इतिहाँसमै सबैभन्दा कलङ्कित छ । सांसद खरिद विक्रि देखि प्राडो पजेरो काण्ड र सुरा सुन्दरी काण्ड मार्फत् संसदीय व्यवस्थालाई नै बदनाम गराउने मात्र होइन सत्ताका निम्ति आफ्नै पार्टी विभाजन गरेर संसदीय प्रजातन्त्र दरबारलाई बुझाएको आरोप उनीमाथि लगाइने गरेको छ । विडम्बना कस्तो छ भने कुनै बेला प्रचण्डललाई मारेर टाउको ल्याई झोला भरी पैसा लिएर जान आदेश दिने देउवाका प्रस्तावक उनै प्रचण्ड बनेका छन् ।


0 comments
Write Down Your Responses