बहुमत जुट्यो तर प्रधानमन्त्री चुनावै हुन सकेन
जेठ २२, काठमाडौं । सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री प्रत्यासी शेरबहादुर देउवाको पक्षमा स्पष्ट बहुमत जुटाए पनि प्रमुख प्रतिपक्ष एमालेको संसद अवरोधका कारण आइतबार प्रधानमन्त्री चुन्न सकेनन् ।
संसदको पहिलो र तेस्रो दलले प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवासँगै मन्त्री परिषद् गठनको पहिलो चरणका लागि केही मन्त्रालय समेत बाँडफाँड गरिसकेका थिए । साना घटहहरुको पनि समर्थन जुटाएका थिए । तर एमालेले भरतपुरमा पुनः मतदानको विरोधमा संसद अवरोध जारी राखेकाले कार्यसूचीमा तोकेको प्रधानमन्त्रीको चुनाव हुन नसकेको हो ।
‘भरतपुरको विषय न्यायालयमा गइसकेकाले अब उसैको निर्णय मानौला, अहिलेलाई संसद खोलौं भनेर हामीले आग्रह ग¥यौं ।’ गृहमन्त्री तथा काँग्रेस नेता विमलेन्द्र निधिले भने–‘तर एमाले अध्यक्ष केपी ओलीले मान्नुभएन ।’ अबरोध फुकाउन बसेको बैठकमा ओलीले नेताहरु सुवास नेम्वाङ र बामदेव गौतमलाई पठाएका थिए । एमालेले सोमबारसम्म अदालतको आदेश आइसक्ने अपेक्षा गर्दै यतिन्जेल सम्मको समय मागेको स्रोतले बतायो । कान्तिपुरमा खबर छ–


0 comments
Write Down Your Responses