लोकमानसँग डराएर प्रचण्डले भने– ‘मुद्दा फैसला गरिदिनुभएन’
जेठ २१, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल अख्तियारको तत्कालिन प्रमुख लोकमानसिंह कार्कीसँग कति डराएका रहेछन् भन्ने कुरा खुलासा भएको छ । प्रधानन्यायधिस शुशिला कार्कीले नेपाल साप्ताहिकको लागि दिएको अन्तरर्वार्तामा सो प्रसँग खुलासा गरेकी हुन् । लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न प्रधान न्यायधिस शुसिला कार्कीलाई दवाव दिँदै प्रचण्डलाई उदृत गर्दै प्रधान न्यायधिस कार्कीले भनिन्– ‘तपाईले निस्सा दिएर बबाल गर्नुभयो, लोकमान जीले मलाई धम्क्याए । म यो कुर्सिमा ७ महिना बस्छु, म बसुन्जेल मुद्दा रोकिदिनुस् । म गएपछि फैसला गर्नुहोला ।’
तत्कालिन अख्तियार प्रमुख कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला लडाकु घोटाला प्रकरण अगाडि बढाउने भन्दै पत्रकार सम्मेलन गरेका थिए । भारत भ्रमणबाट फर्केको भोलीपल्टै प्रधान न्यायधिस कार्कीलाई भेटेर दाहालले अख्तियार प्रमुखको मुद्दा फैसला नगर्न दवाब दिएका थिए ।


0 comments
Write Down Your Responses