सच्चिक्कै सुन्दर छ नेपाल ! हेर्नुहोस् ५० मनमोहक तस्बिरमा.
नेपाल पर्यटन बोर्डमा बिहिबारदेखि तीन दिने #Photo Nepal फोटो प्रदर्शनी सुरू भएको छ। पर्यटन बोर्डको आयोजना तथा फोटो जर्नालिष्ट क्लव र नेप्लिज इन फोटोग्राफीको सक्रियतामा तीन दिनसम्म फोटो प्रदर्शनी जारी रहने छ।
पर्यटन बोर्डमा बिहिबार सिइओ दीपकराज जोशीले प्रदर्शनीको उद्घाटन गरे। आम मानिसले पनि नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन सक्छन् भन्ने उदाहरण यो प्रदर्शनी बनेको भन्दै यस्तो प्रदर्शनीले आफूलाई खुसी बनाएको अभिव्यक्ति दिए।
नेप्लिज इन फोटोग्राफी, एउटा फेसबुक पेज हो जहाँ जोडिएर जो कोहीले पनि आफूले खिचेका तस्वीरहरु पोष्ट गर्न सक्छन् । पोष्ट भएका तिनै तस्वीरहरुमध्ये पिजे क्लवले छनोट गरेका ५० तस्वीरहरु प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा गैरव्यावसायिक फोटोग्राफरले खिचेका तस्वीरहरु राखिएका छन्। जसले नेपालको पर्यटन झल्काउने हिमाल, पहाड र तराईका तथा मनोरम पर्यटकीय क्षेत्रहरुका छन्।
२०७३ फागुन २१ मा प्रकाशित - See more at: http://www.imandarmedia.com/2017/03/Photo-Feature.html#sthash.IjNjBhxS.dpuf


0 comments
Write Down Your Responses