विश्वकपका लागि छनौट हुने पहिलो टाेली बन्याे ब्राजिल

- एजेन्सी, १६ चैत्र ।
सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुने पहिलो टिममा ब्राजिलले अाफ्नाे नाम दर्ता गराएकाे छ । दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा विजयी भएसंगै ब्राजिल विश्वकपका लागि छनाैट भएकाे हाे।
यसपछि शीर्ष स्थानको ब्राजिलले छनौट चरणका चार खेल बाँकी हुँदै विश्वकपमा स्थान पक्का गरेको हो । बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई ३–० ले हराएको हो ।ब्राजिलको जितमा फिलिप कोन्टिन्हो, नेइमार र मार्सेलोले गोल गरे ।
जितपछि शीर्ष स्थानको ब्राजिलको १४ खेलबाट ३३ अंक भएको छ । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १४ खेलमा १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ । अर्को खेलमा पेरुले उरुग्वेलाई २–१ ले हराएकाे छ ।
हारपछि तेस्रो स्थानमा झरेको उरुग्वेको १४ खेलबाट २३ अंक छ ।उरुग्वे दोस्रो स्थानको कोलम्बिया भन्दा एक अंकले पछि छ भने शीर्ष स्थानको ब्राजिल भन्दा १० अंकले पछि छ । चौथो स्थानको चिलीको २३ अंक नै छ भने पाँचौं स्थानमा झरेको अर्जेन्टिनाको २२ अंक छ ।


0 comments
Write Down Your Responses