विद्रोही मनहरु : नारायण नेपाल



विद्रोही मनहरु  गजल  
डडेलोले उजाङ पार्यो यता सुन्दर वनहरु 
प्रतिरोधको बिम्ब झल्क्यो विद्रेही यी मनहरु ।
शोसनको जालोभित्र रुमल्लिँदै दौडिएका 
भौतारिँदै मुक्तिमार्ग खोजिरा’छन् मनहरु ।
उपेक्षा र तिरस्कारका शब्द बर्षा गर्दै तिमी 
बाँकी केही छुट्या भए आजै भन सुन्छु अरु ।
शब्दभित्र आगो हुन्छ विद्रोहको मसाल बल्छ 
सिर्जनाको बगैँचामा अब फुल्छ अरु ।
जँघार तर्ने माझी तिमी थर्थर काम्ने गोडा लिई
भेल तर्ने आँट छैन केको फूर्ति लाउँछौ अरु ।
bidrohi-man
जात फरक छ 
तिम्रो मालिक मेरो मजदूर साथ फरक छ 
तिमी नेता हामी जनता जात फरक छ ।
मालिकहरुको दलाल बन्दै लक्ष्य फेर्यौ हिजो आज 
हिजो बोल्ने आज बाल्न्ो वात फरक छ ।
खोलेसिस्नु हाम्रो व्यञ्जन तिमी आउँछौँ तारेहोटल 
छाक टार्ने जोहो आखिर भात फरक छ ।
गोरु जस्तै जोतिएर बित्छ दिन सधैँभरी 
हामीले जिउने तिमीले पिउने रात फरक छ ।
फसिनाको गर्व मेरो बह्मलुटको गौरव गर्छौ
मेरो श्रम तिम्रो सत्ता मात फरक छ ।।

0 comments

Write Down Your Responses