संशोधनको पक्षमा दुई तिहाई पुग्न नदिने विपक्षी गठवन्धनको निर्णय

बैशाख १४, काठमाण्डौ ।
नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनले संविधान संशोधन विधेयकमा संशोधन दर्ता गर्ने भएका छन् । साथै विपक्षी गठबन्धनलाई कायम राख्दै संशोधन पास हुन नदिने निर्णय गरेको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा विहिवार बसेको विपक्षी दलहरुको बैठकले संशोधनको पक्षमा दुई तिहाई नपुग्ने विश्लेषण गरेको छ । गठबन्धनलाई कायम राख्दै संशोधन पास हुन नदिने निर्णय भएको छ– माले महासचिव सीपी मैनालीले अनलाईन खबरसंग भने ।
बैठकले कानुनी परामर्श गरेर संशोधन विधेयकमा संशोधन दर्ता गर्ने निर्णय गरेको छ । संशोधन दर्ताका लागि ७२ घण्टाको समय दिइएको छ ।
विपक्षी दलहरुका बैठकमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल भएको छ ।

0 comments

Write Down Your Responses