चुनाव गराउने विषयमा भन्दा संविधान संशोधनमा जोड, ३१ गतेको चुनाव टर्ने संकेत



बैशाख १६, काठमाडौं ।
शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्षमा टुंगिएको छ । बरु प्रधान मन्त्री पुष्पकमल दाहालले घुमाउरो भाषा प्रयोग गर्दै प्राविधिक जटिलताका कारण बैशाख ३१ गतेको चुनावको मिति सार्ने हो की भन्ने भनाई बैठकमा प्रस्तुत गरेको बैठकमा सहभागी दलका नेताहरुले बताएका छन् ।
चुनावलाई भन्दा पनि संसदमा प्रस्तुत गरिएको संशोधनको वियेयकमा बहुमत कसरी पुगाउने भन्ने विषयमा सत्ता पक्षको जोड रहेको एमालेका नेताहरुको भनाई रहेको छ ।
बैठकमा एमाले अध्यक्ष केपी ओली सहभागी नभई अग्नी खरेललाई पठाएका थिए । बैठकमा बोल्दै खरेलले संशोधनले राष्ट्रको हित नगर्ने पुरानै अडान दोहोर्याएका थिए । चुनावका बारेमा बोल्दै २ चरणमा नभई एकै चरणमा वार्षिक बजेट प्रस्तुत गर्नु भन्दा अगाडि जेठ ७ र ८ मा चुनाव गराउनु पर्नेमा उनको जोड थियो ।
मधेशी दलका तर्फबाट महन्त ठाकुरले संशोधन छिटो टुंग्याउन आग्रह गद्रै वार्ता गर्दा गर्दा थाकिसकेको बताए ।
बैठकमा मधेशवादी दलबाट उपेन्द्र यादव र रामजनम चौधरीले बोलेका थिए ।
प्रधान मन्त्री पुष्पकमल दाहालले बोले लगत्तै काँग्रेस नेता शेरबहादुरलाई बोल्न आग्रह गरेपनि आफु नबोली रामचन्द्र पौडेललाई बोल्न लगाएका थिए । पौडेले बोल्दै संशोधन विधेयक अविलम्ब टुंग्याउन आग्रह गरेका थिए ।
सर्वदलीय बैठक विना निश्कर्ष टुङ्गीयपछि संशोधन विधेयकमा बहुमत पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्ष र सत्तापक्ष दलहरुसँग छुट्टा छट्टै बैठक बस्ने कसरत सुरु गरेका छन् । सोही अनुरुप बैठक सकिएलगत्तै एमालेका शीर्ष नेताहरुसँग बैठक बसेको र त्यो बैठकले पनि निश्कर्ष दिन नसकेको जनाइएको छ ।
यसै गरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै चुनाव एकै चरणमा गर्न सरकारसँग आग्रह गरेका छन् । उनले पहिलो चरणको नतिजाले दोस्रो चरणलई प्रभवित बनाउने र सामाजिक मनोविज्ञान विभाजित हुने बताएका छन् । स्थानीय चुनावलाई लक्षित गरी सेना परिचालन रोक्न माग समेत गरेका छन् ।

0 comments

Write Down Your Responses