राष्ट्रपति भण्डारीलाई अपमान

भारत भ्रमणमा निस्केकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत सरकारले निकै ठूलो अपमान गरेको छ ।
भ्रमणका लागि दिल्ली पुगेकी राष्ट्रपति भण्डारीलाई असाध्यै तल्लो स्तरको राज्यमन्त्री पठाएर भारतले नेपाल र राष्ट्रपति भण्डारीको ठूलो अपमान गरेको छ ।
भारतीय राष्ट्रपतिको निमन्त्रणमा भारतको पाँच दिने राजकीय भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ नेपाल सरकारले सार्वजनिक विदा दिनु तर भारतले एउटी जुनिएर मन्त्री पठाएर नेपाललार्इ निकै ठूलो अपमान गरेकाे छ ।
भारतको  इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरिकी थिइन् ।
जहाँ कि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल अाउँदा राष्ट्रपति भण्डारी नै त्रिभुवन विमानस्थल पुगेर स्वागत गरेकी थिइन् ।

0 comments

Write Down Your Responses