कालिकोट स्थित मालकोटको मतदानस्थलमा झडप/नेकपाद्वारा बुथ कब्जा



बैशाख ३१, कालिकोट । कालिकोट माल्कोटस्थित शेराबाडा म.वि. बुथमा प्रहरी र नेकपाका कार्यकर्ताबिच झडप भएको छ । अहिलेसम्म दर्जनौं राउण्ड गोली चलेको र ३ जनालाई गोली लागेको छ ।

प्रहरीको गोली लागि गम्भिर घाइते हुनेहरु मध्ये राप्रपाका वडा अध्यक्ष उमेदवार धनरुप बटाला, स्थानीय प्यासी वि.क. र अर्का स्थानीय कुल बटाला रहेका छन् । 

लामो समयसम्म झडप भै गोली चली ३ जना गम्भीर घाइते भएपछि पनि झडप नरोकिएपछि नेपाली सेना पछि हटेको छ । प्रहरी र कर्मचारी भागेका छन् भने नेकपाले मतपेटीका कब्जामा लिएर आगो लगाएको छ ।

0 comments

Write Down Your Responses