माओवादी केन्द्रमा विवाद, घिसिङलाई पार्टीबाटै निष्काशन

बैशाख २१, काठमाडौं ।
माओवादी केन्द्र ललितपुरका जिल्ला सचिवालय सदस्य एवम् सांसद योगेन्द्र घिसिङलाई पार्टी भित्र गुटबन्दी गरेको, चुनावमा पार्टीलाई असहयोग गरेको भन्दै बुधबार कार्वाही गरेको हो ।
जिल्ला बैठकले पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको माओवादी केन्द्रका ललितपुर संयोजक राजकाजी मर्हजनले जारी गरेको विज्ञप्तीमा जनाए लगतै घिसिङले विज्ञप्ती जारि गरी प्रचण्डलाई बम हान्नेहरुले गरेको करवाहीले केही फरक नपर्ने जनाएका छन् । उनले माओवादी केन्द्रलार्इ मन मस्तिकबाट निष्कासन गरिसकेको बताएका छन् ।
प्रचण्डलाई बम पड्काउने अवसरवादीहरुले पाटी कब्जा गरेको भन्दै बरु देश जनताको लागि उपयुक्त बाटो खुलेको बताएका छ्न ।
उनी दक्षिणी ललितपुरका तामाङ् समुदायका लोकप्रिय नेता हुन् यसले स्थानीय जनतामा ठूलो प्रभाव पार्ने देखिन्छ ।
जनयुद्धका घाइते समेत रहेका उनी ७० को निर्वाचनबाट केन्द्रको तर्फबाट समानुपातिकका सांसद समेत हुन् ।




0 comments
Write Down Your Responses