चुनाव खारेज अभियान सफल– विप्लव

बैशाख ३१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अपरान्ह ६ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव खारेज अभियान सफल भएको बताएका छन् । चुनावमा जनसहभागिता र रुचि नभएको दावी गर्दै राज्यको दमनका बिचमा चुनाव खारेज अभियानलाई सफल बनाउन लागि पर्ने जनता पार्टी कार्यकर्तालाई धन्यबाद व्यक्र गरेका छन् । देश भर गिरफ्तार नेता कार्यकर्तालाई रिहा गर्न सरकारसँग जोड्दार माग गरेका छन् । निर्वाचन खारेज क्रान्तिसंग जोड्ने बताउदै निरन्तर संघर्षमा जुट आहवान गर्नु  भएको छ । सरकार तानशाही दमन उत्रिएको जनाउँदै झुट्टा मुद्दा लगाएर नेता कार्यकर्ता माथी राज्य आतंक मच्चाउदै अधिकारकर्मीलाई दुःख दिएको बताएका छन् । विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ–

प्रेस विज्ञप्ति
संसदीय व्यवस्थाको चुनावको पहिलो चरणको स्थानीय चुनावसँगै हाम्रो पार्टीको नेतृत्वमा जनताले संचालन गरेको पहिलो चरणको चुनाव खारेज अभियान सम्पन्न भएको छ । संसदीय दलहरु र सरकार नियन्त्रित तथा घरानाका सञ्चार माध्यमले जतिसुकै प्रचार गरेपनि चुनावप्रति जनताको रुची देखिएन । न त व्यापक जनताको सहभागिता नै भयो । हाम्रो नेतृत्वमा संसदीय चुनावको खारेजी अभियान सशक्त प्रकारले सम्पन्न भयो । चुनाव खारेज अभियानमा हजारौं कार्यकर्ता सक्रिय भए भने जनताको हार्दीकतापूर्ण सहयोग र समर्थन रह्यो । हाम्रो पार्टी अभियानमा सक्रिय रुपमा साथ दिने नेपाली जनतालाई हार्दीक धन्यवाद दिन चाहन्छ ।

यो पहिलो चरणको खारेजी अभियान सञ्चालन गर्दा राज्य पक्षले पार्टी नेता र कार्यकर्ता विरुद्ध तानाशाही तरिकाले दमनमा उत्रियो । सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर व्यूरो इञ्चार्ज सन्देश पौडेल, बैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जन र जिल्ला इञ्चार्जहरु देवकला अधिकारी, लक्ष्मण उप्रेती, अर्जुन योगी, दीपक श्रेष्ठ, रविकिरण तथा जिल्ला सेक्रेटरीहरु नन्दलाल तिवारी, उदय राई, सागर तिमल्सिना, चन्द्र बुढा, राजन धनुके, गोकुल पराजुली, मोहन राई, हरिकृष्ण घिमिरेसहित सयौं कार्यकर्ता र जनतालाई गिरफ्तार गरेको छ । यतिसम्म की संचारकर्मी र अधिकारकर्मीहरुलाई समेत दमन गरिएको छ । सयौंलाई पक्राउ पूर्जि जारी गरिएको, झुठ्टा मुद्दामा फसाउने षड्यन्त्र भएको छ । दिन–रात गाउँ–शहरमा छापा मारेर तर्साइएको छ । हामी त्यसप्रकारको सरकारी आतङ्कको निन्दा गर्दछौं । साथै झुठ्ठा मुद्दा खारेज गरेर गिरफ्तार नेता, कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग गर्दछौं । गिरफ्तार भै हिरासतमा संघर्ष गरिरहनु भएका कमरेड तथा राजबन्दीहरुलाई अभिवादन गर्दछौं । हाम्रो काँधमा देशलाई स्वाधीन र जनतालाई कुनै पनि परिस्थितिमा दलाल सत्ताको चङ्गुलबाट मुक्त गराउने युगिन दायित्व छ । त्यसलाई हामी सबैले आत्मसात गरेर अगाडि बढौं । जनताको जित सु–निश्चित छ । 
क्रान्तिकारी अभिवादनसहित !


0 comments

Write Down Your Responses