हेटौंडाको हटिया चिसापानीमा विष्फोट, एक घाइते

बैशाख २७, हेटौंडा । हेटौंडा–१६ स्थित हटिया चिसापानीमा बुधबार राति सिलिन्डर बम विष्फोट भएको छ । राति १० बजेतिर विष्फोट भएको हो ।
हेटौंडा–१६ का एमाले अध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिक सडकमा विस्फोट भएको स्थानीयले जनाएका छन् । विष्फोटबाट श्याम दाहाल घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो संख्यामा परिचालित प्रहरीले घटनास्थल वरपर खोजतलास गरिरहेको स्थानीयले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।


0 comments
Write Down Your Responses