नेकपाका राईसहित २ जना पक्राउ

बैशाख २६, चितवन । प्रहरीले आज विहान चितवनबाट नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको र पक्राउ पर्नेमा पुरन राई र इलाका सदस्य शंकर गुरुङ रहेको जनाएको छ ।
राई निर्वाचन विरोधी गतिविधीका लागि चितवन, धादिङ, नुवाकोट र रसुवाको कमाण्डर रहेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट एकथान नक्कली पेस्तोल, बम बनाउने प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रीनेट बम र केही विजुलीको तार समेत बरामद गरेको बताएको छ ।
यस्तै सानो परिणाममा फलामको टुक्रा, केही थान रसिद प्याड, चन्दा संकलनको चिठी लगायतका बन्दोबस्तीका सामाग्री पनि बरामद गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिएका छन्


0 comments
Write Down Your Responses