विद्यार्थी नेता गिरफ्तार



असार ११, काठमाडौं । अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवं महाकाली संयोजक विष्णुप्रसाद उपाध्यायलाई प्रहरीले  गिरफ्तार गरेको छ । 

आइतबार बिहान कञ्चनपुरको शुक्लाफाँटा र दैजीको बीचमा पर्ने अर्जुनी व्यारेकको नेपाली सेनाले पक्राउ गरी प्रहरीलाई बुझाएको हो । 

व्यक्तिगत कामको सिलसिलामा मोटरसाइकलमा हिडिरहेको अवस्थामा उपाध्यायलाई पक्राउ गरिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

0 comments

Write Down Your Responses