सेना फिर्ता गर्न भारतलाई चीनको चेतावनी



साउन १, काठमाडौं   चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाजमर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।


चीनका सरकारी सञ्चार माध्यमको एउटा टिप्पणीमा चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने डोक्लमबाट भारतीय फौज फिर्ता नहुनजेलसम्म कुनै किसिमको वार्ता हुन नसक्ने उल्लेख गरिएको छ ।

उक्त भूभागलाई लिएर एक महिनादेखि चलिरहेको विवाद समाधान गर्न भारतले वेवास्ता गरिंदै आएको चीनको आरोप छ । यो विवादमा भुटान भने अझसम्म मौन छ ।

0 comments

Write Down Your Responses