प्रदेश नम्वर ४ को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बनाउन सहमति
एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि यो प्रदेशमा संसदीय दलको नेताका लागि सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङले दावी गरेपनि आइतबार निर्वाचन पृथ्वी सुव्वाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
दलको नेताका लागि उम्मेदवारी दर्ताका लागि आइतबार दिउँसो सवा १ बजेसम्मको समय तोकिएको थियो । तोकिएको समयमा किरण गुरुङले उम्मेदवारी नदिएकाले पृथ्वी सुव्वा दलको नेतामा निर्वाचित भएको नेता राजिव पहारीले रातोपाटीलाई बताए ।
संसदीय दलको नेता नै मुख्यमन्त्री हुनेभएपछि अब प्रदेश चारको मुख्यमन्त्री पनि गुरुङ नै हुने पक्का भएको छ ।
पृथ्वीसँगै एमालेका ४ जना मुख्यमन्त्री तयार भएका छन् । जसमा प्रदेश १,३, ४ र ५ मा क्रमश संसदीय दलको नेता छानिएका शेरधन राई, डोरमणी पौडेल, पृथ्वी सुव्वा गुरुङ र शंकर पोखरेल छन् । राई र पौडेल निर्वाचनमार्फत छानिएका हुन भने गुरुङ र पोखरेल निर्विरोध भएका हुन् । चारैजना ओली निकटका नेता मानिन्छन्



0 comments
Write Down Your Responses