संविधानको विरुद्धमा सरकारः बास्तोला

८ बैशाख, चितवन ।
सरकारले बैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचन खारेज नगरे देश द्वन्द्व र मुडभेडमा जाने चेतावनी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले दिएका छन् ।

नेकपा पश्चिम ताम्सालिङ् व्यूरोले चितवनको भरतपुरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले भने– फाँसीवादी पुरानो संसदीय व्यवस्थाको संस्थागत बिकास गर्न स्थानीय तहको निर्वाचन घोषणा गरिएको हो, त्यसैले यो निर्वाचनको औचत्य छैन ।

जनतालाई आफ्ना कुरा राख्न गरिएका सभाहरुमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीको निर्देशनमा प्रहरी लगाएर कुटपिट गर्ने र बिथोल्ने काम गरिएको टिप्पणी गर्दै वास्तोलाले प्रश्न गरे ‘उनीहरुले बनाएकै संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण सभा सम्मेलन गर्न पनि नपाउने ?
चितवनको भरतपुरमा बिहीबार नेकपाको आमसभालाई प्रहरीले हस्तक्षेप गरी बिथोलेको थियो ।

स्थानीय तहको निर्वाचन संसदवादी पुराना दलहरुका लागि जीवनमरणको बिषय भएपनि आफूहरुका लागि भने एक सामान्य परिघटना मात्रै भएको बास्तोलाको भनाई थियो ।

सबै दलहरु मिलेर राष्ट्रिय समस्याको पहिचान गरी बैज्ञानिक साम्यवादी शासन व्यवस्थामा गए मात्रै जनताको हित हुने बास्तोलाले बतउनु भयो ।

0 comments

Write Down Your Responses