विप्लबको आमसभामा प्रहरी हस्तक्षेप, नेताहरु घाइते

बैशाख ७, चितवन


स्थानीय निकायको निर्बाचन खारेज अभियानको दौरानमा नेपाल कम्युनिष्ट पार्टीले आज भरतपुरको चौविसकोठीमा  आयोजना गरेको जनसभामा प्रहरीले हस्तक्षेप गरी कार्यक्रम विथोल्ने प्रयत्न गरेको छ । विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटि सदस्य धर्मेन्द्र वास्तोलाले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा प्रहरीले हस्तक्षप गरेको हो । प्रहरीको लाठी चार्जबाट कार्यक्रममा सम्बोधन गरिरहनुभएका नेता धर्मेन्द्र बास्तोला सहित केन्द्रिय सदस्य प्रज्ववलन घाइते भएका छन् । प्रज्ववलनको हात भाँचिएको र दर्जनौं कार्यकर्ता गिरफ्तार गरिएको चितवन जिल्ला इन्चार्ज लालबहादुर वि.सी. ले बताए । प्रहरीको हस्तक्षप पछि पार्टीका कार्यकर्ताहरुले प्रतिरोध स्वरुप ढुंगा मुडा गरेका थिए । नारायणगढको लायन्स चोकबाट सभा अघि र्‍याली निकालिएको थियो ।



0 comments

Write Down Your Responses