आर.के. विरुद्ध सि.पि. मैनालीको आक्रोस

बैशाख १०, काठमाण्डौं
राधा कृष्ण मैनालीले लेखेको नलेखिएको इतिहास भन्ने पुस्तकको सि.पि. मैनालीले खरो टिप्पणी गर्दै घटनाक्रम व्यक्ति विशेष प्रति नहुने आरोप लगाइएको बताएका छन् । अक्टोबर क्रान्तिको शतवार्षिकी सन्दर्भमा शनिवार काठमाण्डौको सरस्वती नगरमा आयोजित अन्तरक्रियामा बोल्दै उनले २०४६ को जनआन्दोलनको समयमा ललितपुरको च्यासलमा बसेको मालेको केन्द्रिय समितिको बैठकमा भारतले राजतन्त्र हटाउने प्रस्ताव माधवले राखेको भन्ने कुरा गलत भएको बताएका हुन् । राधाकृष्ण मैनालीले नलेखेको इतिहास भन्ने पुस्तकको पेज नं. १२३ र २४ मा राजतन्त्र हटाउन माधवको प्रस्ताव शिर्षक नै राखेका छन् । त्यहाँ उल्लेख गरिएको विषय माधवले नभई सलिम मियाँ अन्सारीले राखेको तर माधवले राजाले सारै जोरी खोजे गरौं न त गरौं के हुन्छ मात्र भनेका हुन् । त्यो प्रस्ताव माधव कुमार नेपालको नभई शलिम मियाँ अन्सारीको भएको उनको दावि रहेको छ ।

0 comments

Write Down Your Responses