प्रधानमन्त्रीलाई निर्वाचन आयोगको तीन शर्त

१० बैशाख, काठमाडौं ।
मधेशवादी दलहरुसंग दुई चरणमा चुनाव गराउने सहमति गरेपछि प्रधानमन्त्रि पुस्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीसंग आइतवार बालुवाटारमा छलफल गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीले चनाव दुई चरणमा गराउने कुरामा सहमत भएपनि तीनवटा शर्त अगाडि सारेका छन् । मन्त्री परिषदमा निर्णय गराउनु भन्दा अघि निर्वाचन आयोगका पदाधिकारीसंग परामर्श गरेका प्रधानमन्त्री दाहाललाई मतदाता परिचयपत्र, मतदाता नामावली र मत पत्र अहिले छापिएकोलाई नै कायम राख्नुपर्ने बताएका हुन् ।

0 comments

Write Down Your Responses