माओवादी केन्द्रमा चरम असन्तुष्टि केन्दीय सदस्यहरुद्वारा राजिनामा



बैशाख १७, सल्यान । 

निर्वाचनको मुखैमा नेकपा (माओवादी केन्द्र) का ७ जना केन्द्रीय सदस्यले राजिनामा दिएका छन् । उम्मेदवार चयनमा चरम असन्तुष्टि जनाउँदै सल्यानबाट प्रतिनिधित्व गर्ने ७ केन्द्रीय सदस्यले राजिनामा दिएका हुन् । 

सल्यानको बाघचौर नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन पुर्वाग्रही, अन्यायपूर्ण तथा वास्तविक धरातलभन्दा बाहिर गएर गरिएकाले राजिनामा दिन बाध्य भएको उनीहरुले जनाएका छन् । 

राजिनामा दिने केन्द्रीय सदस्यहरुमा ज्ञानबहादुर वली ‘माइकल’, टिकाराम वली ‘दर्शन’, सेतिराम वली ‘दिनेश’, हरिलाल डिसी ‘दोभान’, सुम्निमा डिसी ‘निर्माता’, टंकप्रसाद शर्मा सौगात र कमला वली श्रृंखला रहेका छन् ।

0 comments

Write Down Your Responses