विप्लवका कार्यकर्ता ठानेर बैध माओवादीका कार्यकर्ता गिरफ्तार



बैशाख १७, चितवन

चितवनमा स्थानिय तहको निर्वाचनको प्रचार प्रसारमा हिडेका वैध माओवादीका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी केहिवेर नियन्त्रणमा लिएर छाडेको छ । बछौली ७ सामुदायीक चोकमा चुनाव प्रचार प्रसार गरिरहेका उनिहरुलाई विप्लवका कार्यकर्ताको आशंकामा नियन्त्रणमा लिइ अनुसन्धान पछि छाडिएको हो ।

रत्ननगर नगरपालिकाका मेयरका उम्मेद्वार उत्तम सिंखडा,उपमेयरका उम्मेद्वार विन्दा कार्की, केन्द्रिय सल्लाहाकार घननाथ सापकोटा लगाएत ९ जनालाई प्रहरीले नियन्णमा लिएको थियो । उनिहरुलाई केहिवेर नियन्त्रणमा लिएर सोधपुछ पछि छाडिएको डिएसपी नारायण रन्जितकारले जानाकारी दिए ।

0 comments

Write Down Your Responses