प्रचण्ड सरकारमा उप प्रधानमन्त्री बन्दै सी.पी. मैनाली



वैशाख १७, काठमाडौं ।
विपक्षी गठबन्धनमा रहेको नेकपा मालेका अध्यक्ष सीपी मैनाली प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री बन्दैछन् । बालुवाटार स्रोतका अनुसार उनले आजै सपथ लिने बताइएको छ ।

संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमा बहुमत संख्या पुर्‍याउन प्रधानमन्त्री प्रचण्डले नेकपा मालेलाई उपप्रधानमन्त्री पद दिएर सरकारमा सहभागी गराउन लागेको स्रोतको भनाई छ । यसका लागि मैनालीसँग प्रधनमन्त्रीले पटक पटक छलफल गरेका छन् ।


‘पहिला सीपी मैनालीलाई उपप्रधानमन्त्री बनाएरै प्रधानमन्त्री ज्यूले आजै सपथ गराउनुहुन्छ,’ स्रोतले भन्यो– ‘त्यसपछि नेकपा माले समर्थन लिएर संविधान संशोधन विधेयक पारित गराउनुहुन्छ ।’ यसविषयमा थप टुंगो लगाउन प्रधानमन्त्री प्रचण्ड र मालेका अध्यक्ष सीपी मैनालीबीच आजपनि छलफल भइरहेको छ ।

यसअघि माले एमाले नेतृत्व ९ दलीय विपक्षी गठबन्धनमा सहभागी थियो । थ्रेसहोल्ड लागु गर्दा एमालेले साना दललाई साथ नदिएपछि गठबन्धनबाट ३ दल निष्क्रिय भएका छन् । जसमा एकनाथ ढकालको परिवार दल, मैनालीको नेकपा माले र एउटा अर्को दल रहेका छन् ।

0 comments

Write Down Your Responses