छत्तिसगढमा माओवादीको भिषण हमला, २६ को मृत्यु ७ घाइते

बैशाख ११, नयाँ दिल्ली ।
भारतीय माओवादीले छत्तिसगढ राज्यको सुकमा जिल्लमा भारतीय केन्द्रिय रिजर्व फोर्सको ७४ औं बटालियन माथि सोमबार दिउँसो आक्रमण गर्दा २६ जवानको मृत्यु र ७ जना घाइते भएका छन् । हिन्दुस्तान टाइम्सले जनाए अनुसार सुकमा जिल्लाको चिन्ता गुफा बुर्कापाल इलाकामा सडक उद्घाटन कार्यक्रमकालागि गएको सुरक्षा गस्तीमाथि बारुदी सुरुङ विष्फोट गरी आक्रमण गरेको जनाएको छ ।
३ सयको संख्यामा रहेका भाकपा माओवादीले उनीहरुको साथमा रहेका हतियार समेत कब्जा गरेका छन् ।
घाइतेहरुको उपचारका लागि हेलिकप्टरबाट रायपुरखाना लगिएको दन्तवडाका वरिष्ठ प्रहरी अधिकृत सुन्दर राजले बताएका छन् । उनका अनसार उद्दार र घटनास्थल वरिपरी खोजतलासका लागि थप टोली पठाइएको जनाएका छन् ।
आक्रमणपछि छत्तिसगढका मुख्य मन्त्री रमन सिंहले दिल्लीको भ्रमण रद्ध गरी आपतकालिन बैठक राखेका छन् । बैठकले मंलबार घटनास्थलको निरीक्षणकालागि गृहराज्यमन्त्रि हंसराज अहिर जाने निर्णय भएको जनाएको छ ।
घटना लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा टिप्पणी गरेका छन् । भारतीय माओवादीद्वारा गरिएको सशस्त्र आक्रमण यो वर्षकै ठूलो भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

0 comments

Write Down Your Responses