नवराज सिलवाल भन्छन्– अन्तिमसम्म लड्छु
बैशाख १२, काठमाडौं ।
सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरणको रिटका अधारमा थुना मुक्त भएका बाहालवाला डिआइजी नवराज सिलवालले प्रहरी संगठनमाथि गम्भिर आरोप लगाएका छन् । थुनामुक्त लगत्तै उच्च रक्तचाप बढेकोले ललितपुर ग्वार्को स्थित वि एण्ड वि अस्पतालमा भर्ना भएका सिलवालले पत्रकार सम्मेलन गर्दै विना चार्ज, विना पुर्जी, अपहरण शैलीबाट गिरफ्तार गरिएको बताएका हुन् ।
कार्य सम्पादन मुल्याँकनको कागजात किर्ते गरेको भन्दै सरकारले छानविनको निर्देशन दिएपछि सोमबार प्रहरीले सिलवाललाई अधिवक्ता शम्भु थापाको घरबाट पक्राउ गरेको थियो ।
बाहालवाला डिआइजीलाई कुनै चार्ज विना बयान लिने, जोसंग लडिरहेको छु, उसैले पक्राउ गर्ने, बयान लिन प्रपञ्च मिलाउने, फसाउने जुन प्रकारको गतिविधि भएको छ । त्यसले प्रजातन्त्तको खिल्ली उडाएको बताए ।
सिलवाल पक्राउ परे लगतै उनका तर्फबाट अधिवत्ता पुर्ण प्रकाश राजवंशीले सर्वोच्च अदालतमा बन्दि प्रत्यक्षीकरणको रिट दिएका थिए । रिटको सुनुवाई गर्दै प्रधानन्यायधिस शुशिला कार्कीको इजलासले सर्वोच्चका रजिष्टारको रोहवर र वरिष्ठ अधिवत्ता शम्भु थापाको जमानीमा थुना मुक्त गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश अटेर गर्दै अदालतमा उपस्थित नगराई प्रहरीले थुना मुक्त गरेको हो ।
अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा अपहरण शैलीबाट उठाएर अनुसन्धान गर्ने जो कार्य भयो त्यो रुल अफ ल भित्र नपर्ने उनको तर्क रहेको छ । अपहरण शैलीमा उठाएर अनुसन्धान जो गरे त्यसको जवाफ दिएको छु । न्यायकोलागि अन्तिमसम्म लड्ने र न्यायालयको आदेशलाई कार्यान्वयन गर्न तयार रहेको बताए ।



0 comments
Write Down Your Responses