साबधान ! बजारमा नक्कली नोटको विगविगी

बैशाख १२, काठमाडौं ।
बेला बेलामा बजारमा नक्कली नोटको विगविगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्ययमबाट बैंकहरुमा आएको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट संकलन भइसकेका छन् । त्यसमा रु ५ शय र १ हजारका नोट छन् ।
आखिर सक्कली र नक्कली नोट कसरी चिन्ने ?
सक्कली नोटको कागज कटनबाट बन्ने, स्तरीय, खस्रो र कडा हुन्छ भने, जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ । नोटमा उज्यालो पर्ने गरी हेर्दा सक्कली नोटको सेतो गोलाकार भाग जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालिगुराँसको छाप स्पस्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पस्ट हुन्छ । नोटको दायाँ तर्फ रहेको सेतो भागको बायाँ तर्फको रंगिन आधा अक्षर (अंग्रेजीमा लेखिएको एनआरबी) लाई उज्यालो तर्फ फर्काएर हेर्दा स्पस्ट देखिन्छ । नक्कली नोटमा ति अक्षर स्पस्ट देखिँदैन । सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।
आजको अर्थिक अभियान दैनिकले खबर छापेको छ ।

0 comments

Write Down Your Responses