उपेन्द्रको शरणमा डा. भट्टराई

 
बैशाख १२, काठमाडौं ।
निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको कारण डा. बाबुराम भट्टराईले उपेन्द्र यादवसंग शरण लिन पुगेका छन् । उपेन्द्र र भट्टराई बीच चुवानी एकता गरेर जाने सहमति भएको छ । निर्वाचन आयोगले नयाँ शक्ति नेपालको चुनाव चिन्ह आँखा नदिने भएपछि संघीय समाजवादी फोरमको चुनाव चिन्ह मसाल लिएर चनावी मैदानमा जाने भएका हुन् । संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले बताए अनुसार चुनावी मोर्चा कायम गर्न अन्य राजनीतिक दल संग पनि छलफल भइरहेको बताएका छन् ।
निर्वाचन आयोगलाई मंगलवार पत्र लेखेर नयाँ शक्ति नेपालले संघीय समाजवादी फोरमको मसाल चुनाव चिन्ह लिएर चुनाव लड्ने जानकारी गराउने बताएका छन् ।

0 comments

Write Down Your Responses