कटुवाल जर्साबको गर्जन– ‘एस.एल.सी. पास नगरेका झोले मन्त्रिलाई म किन सलाम गर्ने ?’

जेठ १७, काठमाडौं । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले नेपालका नेताहरु एस.एल.सी. पनि पास नगरेका खोले खाने झोले बताएका छन् । माउन्टेन टेलिभिजनको राजनीतिक कार्यक्रममा पत्रकार मञ्जु कार्कीसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् । अन्तरर्वार्तामा उनले भनेका छन्– ‘आफू चालिसौं वर्ष सैनिक सेवामा रहेर देश विदेशको अध्ययन गरेको अनुभवी र दक्ष व्यक्तिले समानुपातिक कोटामा परेर मन्त्री भएको व्यक्तिलाई सलाम गर्न सक्दिन ।’ नेपालका नेताहरुलाई खोले खाने झोले भन्दै उनले नेताहरुको खिल्लीसमेत उडाएका छन् ।


0 comments
Write Down Your Responses