भकारेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २० भन्दा बढी घाइते



जेष्ठ १४, धादिङबेसी । धादिङबेसीबाट टारिबेसी तर्फ जादै गरेको बस ज्यामरुङ भकारेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएको प्रत्यक्ष दर्सीले बताएका छन् ।

धादिङबेसीबाट यात्रु बोकेर गएको बस गोलाभञ्ज्याङमा पुगेर विग्रिएपछि सल्यानटारको बालविकास बोर्डिङको बस यात्रु लिन गोला भञ्ज्याङ लिन आएको थियो उक्त बोडिङको बस भकारेमा पुगेपछि अन्दाजी १०० मिटर सडकबाट तल खस्न पुगेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

अहिले घइतेको उद्दार कार्य जारी रहेको छ प्रहरी घटना स्थल पुगिसकेको छैन । एम्बुलेन्स अहिलेसम्म पुगेको छैन ।

0 comments

Write Down Your Responses