अदालतको आदेश अपहेलना गर्दै प्रहरीद्वारा विप्लवका युवा अध्यक्ष पुनः गिरफ्तार


जेठ ११, काठमाडौं । राष्ट्रिय युवा जनस्वयंसेवक ललितपुरका अध्यक्ष सुरेश लामालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरी थुनामा राखेको छ ।

बैशाख ११ गते कामको शिलशिलामा ललितपुरको लगनखेलमा हिँडिरहेको अवस्थामा अपहरण शैलीमा गिरफ्तार गरिएका लामालाई शरिर बन्धक तथा अपहरण मुद्दा चलाई थुनामा राखिएको थियो ।

थुनामा राखिएको २५ दिन पछाडि जिल्ला अदालत पाटनका न्यायधिस रमेश ज्ञवालीको इजलासले ७५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएका थिए ।

धरौटी बुझाइसकेपछि पनि केही काम छ भनी जिल्ला प्रहरी कार्यालय ललितपुर लगिएका लामालाई आफन्तसँग भेट्नसमेत नदिई अड्डासार गरी काठमाडौंको टेकु प्रहरी कार्यालय राखिएको ३ दिन पछाडि थाहा भएको लामाका दाजु जीवन लामाले बताए । ललितपुर प्रहरी कार्यालयमा जाँदा सामान लिएर वहाँ गइसक्नुभयो भन्दै हामीलाई छक्यायर अपहरण शैलीमा टेकु प्रहरी कार्यालय पुर्‍याइएको वहाँको दावी छ ।

लामाका श्रीमती सुनीता आचार्य लामाले रिहा गर्ने आदेश भएको ३ दिनसम्म आफन्तहरुलाई भेटघाट गर्न नदिई बेपत्ता पारेर राज्यले स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारमाथी हनन् गरेको बताउनुभयो । वहाले भन्नुभयो– ‘यो सरासर राज्य आतंक हो । कुनै दल र विचारसँग सम्बन्धित भएकै आधारमा नागरिकमाथि राज्यले अन्याय गरेको छ।’ टेकु प्रहरी कार्यालयमा बुझ्दा प्रधानमन्त्री कार्यालयकै निर्देशनमा लामालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी आफूलाई दिएको आचार्यले बताइन् । टेकु प्रहरी कार्यालयले राजनीतिक गुण्डागर्दी गरेको आरोप लगाउँदै सार्वजनिक मुद्दा चलाएको वहाँले बताउनु भयो ।

लामालाई अदालतले रिहागर्ने आदेश दिइसक्दा पनि पुनः गिरफ्तार गरी थुनामा राख्ने कार्यलाई दलाल संसदीय व्यवस्थाको फाँसिस्ट चरित्र भएको राष्ट्रिय युवा जनस्वयंसेवकको केन्द्रीय कार्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses