आधुनिक मान्छेहरु
कविता
– कुन्साङ कान्छा
आजकाल शहरहरुमाबहुरुपका मान्छेहरु
रङ्ग विरङ्गका सप्तरङ्गी भेषहरुमा
ठाँटिएर
कलिला ओठहरुमा
बाङ्गेमुडाका भित्तामा जस्तै
किलाकाँटी ठोकेर
नाइटोको डिलहरुमा
मुन्द्राहरु सजायर
अर्ध नग्न हिँडिरहेछन्
छोपिँदा पुरै शरिरहरु
देख्दैनन् नाइटोका मुन्द्राहरु
त्यसैले झल्किँदैन आधुनिकता
आधुनिकताको परिचय दिन
आजकाल छोटा हुन्छन् लुगाहरु
र लिलाममा हुन्छ कुमारित्व
र फेरी ठोक्छन् किलाकाँटी जस्तै
गुप्ताङ्गका डिलहरुमा
बाङ्गेमुडाका भित्तामा झैं
अनिलगाउँछन् शो पीसहरु
र परिचय हुन्छ म आधुनिक मान्छे
शहरका गल्लिहरुमा
कार्पोरेट महलका रेष्टुराहरुमा
मान्छेहरुका शरिरभरी
देख्दैनन् आजकाल लुगाहरु
सिर्लिक्क परेका कपालहरुमा
धसेका छन् सप्तरङ्गहरु
तारेभिरमा फुलेको पिरे झैं
र उराठ छन् मान्छेका शरिरहरु
जंगली युगका बाँदर झैं
⤄



0 comments
Write Down Your Responses