कृष्णसेन इच्छुक स्मृति दिवश सम्पन्न



जेठ १३, काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघ, केन्द्रिय समितिको आयोजनामा १५ औं कृष्णसेन इच्छुक स्मृति दिवश सम्पन्न भएको छ । राजधानीको, अनामनगरस्थित संवाद डबलीमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर हुनुहुन्थ्यो । नेकपाका नेता अनिल शर्मा, नेकपा (माओवादी केन्द्र) का नेता मणी थापा, प्रलेसका अध्यक्ष मातृका पोखरेल सहभागी सो कार्यक्रममा कविहरु विजय विस्वास, राजु स्याङ्तान, बैरागी जेठा, हरिशरण परियार, ढुण्डीराज अधिकारी, केशव सिलवाल, भुपेन्द्र वैद्य, युवराज नास्तिक, पुष्पा गुरागाई, अशोक सुवेदी, शोभा सुनुवार, ज्योती भट्टराई, पुष्प गौतम, निभा शाह, बलराम तिमल्सिनालगायतका कविहरुले कविता वाचन गरेका थिए । कवि तथा पत्रकार कृष्णसेन इच्छुककै स्वरको कविता वाचन गरेर सो कार्यक्रम शुरु गरिएको थियो । यसैबीच सोही स्थानमा कृष्णसेन स्मृति प्रतिष्ठानले एक कार्यक्रम सम्पन्न गरेको छ भने देशभरी इच्छुकको संझनामा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

0 comments

Write Down Your Responses