गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना

जेठ १३, काठमाडौं । गोमा एयरको कार्गो बिमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भएको छ । नाइनएनएकेवाइ कलसाइन नम्बरको बिमान २ बजेर ४ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिमानमा रहेका परिचारिका, को पाइलट र क्याप्टेनलाई उद्धार गरी लुक्ला स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ । ‘बिमान लुक्ला बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको नेपाल प्रहरीको प्रवत्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
कार्गो विमानमा पाइलट पारसकुमार राइ र को पाइलट सिर्जन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन सवार थिए । कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन ।


0 comments
Write Down Your Responses