३० गते नेपाल बन्द, भोट माग्न आउनेको कान काट्ने



बैशाख २१, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीले चुनावको अघिल्लो दिन वैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

चुनावको नाममा जनता भ्रमित गर्ने र देश लुट्ने, राष्ट्रघातलाई वैधानिकता दिनका लागि गरिन लागेको चुनाव खारेज गर्ने नेकपाले जनाएको छ ।

तराईमा चुनाव प्रचारमा जाने नेताहरुको कान काटेर पठाउने कतिपय मधेस केन्द्रित दलहरुले घोषणा गरेका छन् ।

 “प्रचण्डदेखि किरणसम्मको विद्रोहको औचित्य संसदीय चुनावको विरुद्ध चुनाव खारेज अभियानमा व्यक्त भएको छ । यसलाई क्रान्तिसँग जोड्नुपर्छ” नेकपाका महासचिव विप्लवले भन्नुभएको छ ।

वैशाख २९ गते बन्दको अघिल्लो दिन उसले देशव्यापी मसाल जुलुशको आयोजना गरेको छ ।

0 comments

Write Down Your Responses