चुनावका लागि उपत्यकामा प्रहरीको प्रो एक्टिभ पुलिसिङ सुरु

बैशाख २१, काठमाडौ । चुनाव सुरक्षाकालागि प्रहरीले काठमाडौका तीन जिल्लामा ६ हजार ९ सय ८० प्रहरी परिचालन गर्ने जनाएको छ । 

महानगरीय प्रहरी कार्यलय रानिपोखरीका निमित्त डिआइजि बमबहादुर भण्डारीले जनाएका छन् । उनका अनुसार मुख्य सुरक्षा चुनौतिको रुपमा बिप्लबको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी र स्थानीय गुन्डा नाइकेलाई राखेर चुनाव अगि पछि र चुनावको दिन गरि तीन चरणको सुरक्षा रणनीति बनाएको बताएको  छ । 

त्यस अन्तर्गत उपत्यकाबाट नेकपाका केन्द्रय सदस्य विष्णु मर्हजन शहित स्थानीय  गुन्डा नाइके २० जनालाई प्रकाउ गरेको जनाएको छ । 

महर्जनलाई काठमाडौंको किर्तिपुरबाट बिहीवार  दिउँसो  गिरफ्तार  गरेको हो । 

विप्लवको पार्टीमा पुर्व लडाकु समेत रहेकाले उनिहरुको गतिविधि नियन्त्रण गर्न प्रो एक्टिभ पुलिसिङ सुरु गरेको र त्यस अन्तर्गत उपत्यकाका  नाका तथा होटलहरुमा विषेश चेक जाँच सुरु गरेको जनाएको छ । 

0 comments

Write Down Your Responses