गृहमन्त्री विमलेन्द्र निधि माथि आफू खुशी गृह प्रशासन चलाइरहेको आरोप
वैशाख २६, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले आफू खुशी गृह प्रशासन चलाइरहेको आरोप प्रधानमन्त्री कार्यालयले लगाएको छ । वरियताको विवादबाट प्रधानमन्त्रीसँग चिसिएको सम्बन्ध सुधार हुन सकिरहेको छैन ।
नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई जहाँ पायो त्यहीबाट गिरफ्तार गर्ने सर्कुलर नै गरेका छन् । विना कारण गिरफ्तार गर्ने र झुटा आरोमा मुद्दा चलाउने कार्य जारी राखेपछि उक्त आरोप लागेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गिरफ्तार नगर्न भन्दै सबैलाई छोड्न दिएको निर्देशन गृहमन्त्री निधिले टेरेका छैनन् । ‘प्रधानमन्त्रीज्यूले तीन पटकसम्म नेकपाका नेता–कार्यकर्ताहरुलाई छोड्न निर्देशन दिइसक्नु भएको छ तर गृहमन्त्रीले मन्नु भएको छैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
गृहमन्त्री निधि आफ्नो निर्देशनमा चल्न छोडेपछि प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् । छलफलमा देउवाले आफूले भनेको पनि निधिले मान्न छोडेको जवाफ दिए ।
गृहमन्त्रीको पछिल्लो रबैयाप्रति प्रधानमन्त्री कार्यालय निकै सशंकित छ । ‘गृहमन्त्रीको व्यवहारले हामीलाई शंका लागेको छ, उहाँले माओवादी–माओवादीबीच लडाएर रमिता हेर्न चाहेको जस्तो छ’ स्रोतले भन्यो । गृहमन्त्री निधि प्रधानमन्त्री र सभापति देउवाको निर्देशनमा नचलेर बाह्य कतैबाट चलेको स्रोतको दाबी छ ।
गृहमन्त्री निधि नेकपाका नेता–कार्यकर्तामाथि धरपकड, गिरफ्तार गर्ने, झुट्टा मुद्दा चलाएर प्रचण्ड र विप्लवलाई लडाएर वरियाताको बदला लिने मिसनमा छन् ।



0 comments
Write Down Your Responses