चितवन शहरको मुटु रहेको जिल्ला प्रहरी कार्यालय नजिक शक्तिशाली सिलिण्डर बम विस्फोट


बैशाख २६, चितवन । नेपाल कम्युनिस्ट पार्टीले चितवन शहरको मुख्य केन्द्रविन्दुमा रहेको श्री मेडिकल कलेज अगाडि पट्टीको प्लटिङ जग्गामा शक्तिशाली सिलिन्डर बम विस्फोट गरेको छ ।

सोमबार बेलुकी ६ बजे कम्युनस्टि पार्टीका कार्यकर्ताहरुले शक्तिशाली सिलिण्डर बम विस्फोट गराएका हुन् ।

जुन ठाउँ जिल्ला प्रहरी कार्यालयको हेडक्वार्टर, जिल्ला प्रशासनको कार्यालय, जिल्ला दुरसंचारको कार्यालय रहेको छ । सो ठाउँमा सिलिन्डर बम विस्फोटपछि निर्वाचनमा खटेका सरकारी कर्मचारीहरु आतंकित बनेको स्थानीयहरुले बताएका छन् ।

चितवनमा प्रचण्ड नेतृत्व सरकारले गरेको दमनलाई प्रतिरोध गर्ने ढंगबाट नेपाल कम्युनिस्ट पार्टीले आफ्नो निर्वाचन खारेज अभियानलाई सशक्त बनाएको छ ।

0 comments

Write Down Your Responses