ललितपुरस्थित वडा कार्यलयमा आगजनी

बैशाख २६, काठमाण्डौ । एक समुहले ललितपुरको चाकुपाटस्थित ११ नम्बर वडा कार्यलयमा आगजनी गरेको छ । आज दिउसो मोटरसाइकलमा आएका युवाहरुले सचिवलाई कार्यकक्षबाट बाहिर निकालेर आगजनी गरेको वडा सचिव राजेन्द्र बज्राचार्यले बताए ।
जावलाखेल प्रहरी परिसरका डिएसपि ईश्वर कार्कीले दिएको जानकारी अनुसार ४ जनाको एक समुह आइ सचिवलाई बाहिर निकालेर कार्यकक्षमा पेट्रोल खन्याई आगजनी गरेको र आजनीबाट सचिव बस्ने कुर्सिमा मात्रै क्षति भएको छ ।
सो क्षेत्रका स्थानियहरुले नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको निर्वाचन खारेजि अभियानलाई समर्थन गर्दै वडा कार्यलयमा आगजनी गरेको कार्कीले जनाएका छन् ।
घटनाबारे अनुसन्धान भईरहेको डिएसपि कार्कीले बताए ।


0 comments
Write Down Your Responses