पत्रकार पुष्टमान घर्तीमगर गिरफ्तार

बैशाख २६, रोल्पाः पत्रकार पुष्टमान घर्तीमगरलाई प्रहरीले मंगलबार विहान गिरफ्तार गरेको छ ।
नेपाल पत्रकार महासंघ रोल्पाको दसौं जिल्ला अधिवेसनमा सहभागीता जनाई बजारमा हिडिरहेको अवस्थामा बिना कारण मगरलाई रोल्पा सदरमुकाम लिवाङबाट गिरफ्तार गरिएको हो ।
सोमबार लिवाङमा सम्पन्न अधिवेशनबाट घर्तीमगर प्रदेश पार्षदमा निर्वाचित भएका छन् । निर्वाचित भएको घोषणाको केहीसमयपछि गिरफ्तार गरिएको लिवाङवाट पत्रकर जन्मदेव जैसीले जानकारी दिए । उहाँ विनाकारण गिरफ्तार भएपछि चौतर्फि विरोध भएको छ ।
रातोखबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ले पत्रकार गिरफ्तारीको निन्दा गर्दै घर्तीमगरको रिहाइको मागसमेत गर्नुभएको छ ।


0 comments
Write Down Your Responses