यि हुन् हजुरबा देखी नातिनी उमेर सम्मका काठमाडौं महानगरका १९ जना मेयरका उमेदवारहरु

१. नेपाली काँग्रेसबाट राजुराज जोशी
उद्योग मन्त्री नविन्द्रराज जोशीका दाजु हुन् जो २०४७ सालमा प्रकाशमान सिंह सभापति हुँदा जिल्ला सचिवको भुमिका पुरा गरेका व्यक्ति हुन् । प्रकाशमान सिंह निकट मानिने जोशी हाल महासमिति सदस्यको रुपमा कार्यरत छन् ।

२. एमालेबाट विद्या सुन्दर शाक्य
०४९ र ०५४ को स्थानीय निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं. २१ बाट जननिर्वाचित वडा अध्यक्षका रुपमा भुमिका पुरा गरिसकेका व्यक्ति हुन् । ५४ वर्ष पुगेका शाक्यले शंकरदेवबाट व्यवस्थापनमा स्नातक गरेका छन् । उनी लगनटोलका स्थानीय बासिन्दा हुन् ।

३. नेकपा (माओवादी केन्द्र) बाट सर्बोत्तम डंगोल 
पुराना बामपन्थी नेताका रुपमा चिनिएका डंगोल माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य र महानगरपालिका इन्चार्जको रुपमा कार्यरत छन् । ६१ वर्षे डंगोल ताहाचलका स्थानीय वासिन्दा हुन् ।

४. साझा पार्टीको समर्थनमा स्वतन्त्र उमेदवार किशोर थापा
५८ वर्षे थापा शहरी विकास मन्त्रालयका पुर्व सचिव समेत हुन्  । उनको समर्थकमा मुमाराम खनाल रहेका छन् । शहरी विकासको विज्ञको रुपमा समेत उनलाई चिनिन्छ ।

५. स्वतन्त्र उमेदवार विनोद कुमार क्षेत्री
कानपा १६ सोह्रखुट्टेका ६९ वर्षे क्षेत्रीको प्रस्तावक रुपा क्षेत्री केशी समर्थक विजय नरसिंह केशी रहेका छन् ।

६. विवेकशील नेपाली पार्टीबाट रञ्जु न्यौपाने (दर्शना)
कामनपा ३ महाराजगंज स्थायी घर हुनु भएकी २१ वर्षे रञ्जु न्यौपाने ३४ जिल्लामै मनोनयन भएका उमेदवारहरु मध्ये कान्छी हुन् । उनको प्रस्तावकमा विद्याप्रसाद गौचन र समर्थक सरदराज खनाल हुन् ।

७. देशभक्त जनगणतान्त्रिक मोर्चाबाट गोर्की प्रसाद श्रेष्ठ
कामनपा २० हनुमानका ६५ वर्षे गोर्की श्रेष्ठ नेकपा (क्रान्तिकारी माओवादी) को बैधानीक मोर्चाको उमेद्वार हुन् । तर चुनाव चिन्ह नपाएका कारण स्वतन्त्र उमेदवारको रुपमा रहँदै उमेद्वारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा पनवमान श्रेष्ठ र समर्थकमा आमिर रत्न ताम्राकार रहेका छन् ।

८. देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्र प्रसाद ढकाल
कामनापा ३१ स्थायी घर भएका ५८ वर्षे ढकालको प्रस्तावकमा राम श्रेष्ठ र समर्थकमा निरा रञ्जित छन् ।

९. स्वतन्त्र उमेदवार अमोट महर्जन
कामनपा १५ स्वयम्भुका ३४ महर्जनको प्रस्तावक सानु नेपाली र समर्थक स्याम ठकुरी रहेका छन् ।

१०. राष्ट्रिय जनमोर्चाबाट डा. निर्मल कुमार थापा
कामनपा ३१ बागबजार स्थायी घर भएका ६३ वर्षे थापाको प्रस्थावक समुन्द्र मानन्धर र समर्थक सुदन वज्राचार्य रहेका छन् ।

११. स्वतन्त्र उमेदवार नेत्र बहादुर लिम्बु
कामनपा १३ कालिमाटीका ५२ वर्षे लिम्बुको प्रस्तावकमा कुल बहादुर बस्नेत र समर्थकमा सुमन पौडेल रहेका छन् ।

१२. स्वतन्त्र उमेदवार भरत बहादुर विसुराल (हिमालयन टाइगर)
कामनपा ३ महाराजगञ्जका ५९ वर्षिय विसुराल रेसलिङ खेलाडि समेत हुन् । उनको प्रस्तावक सुशान्त श्रेष्ठ र समर्थक रविन्द्रमान प्रजापति रहेका छन् ।

१३. नेमकिपाबाट कुल नारायण डंगोल
कामनपा ५ हाँडीगाउँका ५४ वर्षे डंगोवको प्रस्तावक गोपाल डंगोल र समर्थकमा बाबुराम प्रजापति रहेका छन् ।

१४ नेकपा संयुक्तबाट बचपनराज श्रेष्ठ
कामनपा २१ का ६४ वर्षे श्रेष्ठको प्रस्तावक सुरेन्द्र लाल नकर्मी र समर्थकमा सुरेन्द्रमान शाक्य रहेका छन् ।

१५. संघीय समजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालको संयुक्त उमेदवार पवित्र बज्रचार्य
कामनपा २३ का ५७ वर्षे बज्राचार्यको प्रस्तावक महेशमान श्रेष्ठ र समर्थक सानुराज शाक्य रहेका छन् ।

१६. स्वतन्त्र उमेदवार ज्ञानुमाया तामाङ (ज्वालादेवी चण्डी माता)
कामनपा ६ बौद्ध निवासी तामाङको प्रस्तावक उर्मिला मानन्धर र समर्थक पुर्ण देवी मानन्धर रहेका छन् ।

१७. स्वतन्त्र उमेद्वार नवराज कार्की
कामनपा ३२ निवासी कार्कीको प्रस्तावक विष्णुराज अर्याल र समर्थक भाइकाजी सापकोटा रहेका छन् ।

१८. स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद भण्डारी
कामनपा ३ महाराजगञ्जका ६५ वर्षे भण्डारीको प्रस्तावकमा लक्ष्मी भण्डारी र समर्थकमा प्रज्वल भण्डारी रहेका छन् ।

१९. स्वतन्त्र उमेदवार पुरुषोत्तम दंगाल
कामनपा ४ बालुवाटार निवासी ४३ वर्षे दंगालको प्रस्तावकमा चन्ददत्त दंगाल र समर्थकमा विशाल कुमार न्यौपाने रहेका छन् ।

0 comments

Write Down Your Responses