पर्सा र बारा इञ्चार्ज हेटौंडाबाट गिरफ्तार


बैशाख २४, पर्सा । नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला इञ्चार्ज लक्ष्मण उप्रेती क. आर्जनलाई मकवानपुर प्रहरीले शनिवार हेटौडाबाट गिरफ्तार गरेको खबर प्राप्त भएको छ ।

शान्तिपुर्ण तरिकाले हिँडिरहेको अवस्थामा कुनै कारणै विना अस्वभाविक तरिकाले प्रहरीले उहाँलाई गिरफ्तार गरेको हाम्रा पर्सा सम्वाददाताले बताए ।

एक दिन अघि नेकपा बारा इञ्चार्ज इन्द्रबहादुर परियार क. नयनलाई उपचारको क्रममा रहेकै अवस्थामा सामुदायिक अँखा अस्पतालबाट मकवानपुर प्रहरीले गिरफ्तार गरेको थियो ।

0 comments

Write Down Your Responses