हुम्लामा गोली चल्यो, उम्मेदवार कब्जा

बैशाख ३१, हुम्ला । हुम्ला, खर्चुनाथ मन्दरा मा.वि. केन्द्रमा नेकपाद्वारा आक्रमण भएपछि निर्वाचनको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको छ भने झडपको क्रममा प्रहरीले २ राउण्ड गोली चलाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी भए।पनि मानवीय क्षति भएको छैन । उता चितवन राप्ती न.पा.–९ का प्रचण्ड माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल राती १ बजेदेखि नेकपाको नियन्त्रणमा परेको आशंका गरिएको छ ।
त्यसैगरि काठमाडौंको डाँडापौवामा बम विष्फोट हुँदा बुथकेन्द्रका कर्मचारी र प्रहरी भागदौड गरिरहेका छन् ।


0 comments
Write Down Your Responses