दोलखामा पनि आगजनी

बैशाख २६, काठमाडौं । सोमबार मध्यराती १ बजेको समयमा दोलखा भिमेश्वर नगरपलिकाको वडा नं. ६ चोथाङमा बा ९ च १०८० नं. को हाइलक्स पार्किङ गरिराखेको अवस्थामा आगजनी भएको छ ।
कांग्रेसको चुनाव प्रचारप्रसार प्रयोग भएको उक्त गाडी खाडीचौर जिरी सडक बिस्तार आयोजनाको कन्सल्ट्यान्ट इतिको कन्सलटयान्स कम्पनीले प्रयोग गर्ने बुझिएको छ । नेकपाका दोलखा इन्चार्ज अर्जुन योगी र सेक्रेटरी राजन धनुकेको गिरफ्तारलाई लिएर बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ता आक्रोशित थिए। उनिहरुबाट नै यो घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
दोलखा प्रहरी प्रवक्ता प्रेम बाहदुर केसीका अनुसार एक्जिन बैंक भारतको सहयोगमा निमार्ण भइरहेको आयोजना विवादको कारण आगजनी गरेको हुन सक्ने बताएका छ्न् ।


0 comments
Write Down Your Responses