चनाखो बन्न कांग्रेस कार्यकर्ताहरुलाई ओलीको आग्रह
बैशाख २८, चितवन । भरतपुर महानगरपालिकामा बिहीबार आयोजना गरेको वृहत्त चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस माओवादीमाथि कडा ब्यंग्य गर्दै– ‘विदेशीसामु लम्पसार पर्दापर्दा सत्तारूढ दलका नेताहरुको घुँडामा घाउ नै घाउ भएको छ’ भन्नुभयो ।
‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन लम्पसार परेकाहरूको घुँडामा टाटैटाटा परेका छन्’, माओवादी कांग्रेस गठवन्धन तर्फ कटाक्ष गर्दै ओलीले भन्भनुभयो, ‘कांग्रेसले नाम्लो लगाएर माओवादीलार्इ बोकेर हिँडेको छ ।’
ओलीले भरतपुर महानगरमा माओवादीसँग गरिएको गठबन्धनतर्फ इंगित गर्दै कांग्रेस कार्यकर्ताहरूलाई अब झोक्राएर नबस्न पनि आग्रह गर्नुभयो । ओलीले कटाक्ष गर्दै भन्नुभयो – देउवाको विवेक बन्दकी राखेर अरुका छोराछोरीलाई बाइपास गराउँदै आफ्ना छोराछोरी मेयर बनाउदै छन् ।



0 comments
Write Down Your Responses