दाङमा जनपरिषद घोषणा कार्य तिव्र

बैशाख २८, दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले जनपरिषद् घोषणा कार्यलाई तीब्र पारेको छ । जनताका समस्याहरुलाई जनस्तरमै समाधान गर्नका लागि संसदीय व्यवस्थाको स्थानीय निकायको चुनावको विकल्पमा जनपरिषद्को घोषणा गरिएको बताएको छ ।

यसै अन्तर्गत एक कार्यक्रका बीच दाङको हेकुलीमा जनपरिषद्को प्रमुख उज्वल चौधरी उपप्रमुख सुदीप शर्मा रहने गरी ९ सदस्यीय जनपरिषद् सर्वसम्मत चयन गरिएको छ । जसको सदस्यहरुमा डम्बर अधिकारी, लोक बहादुर खड्का, नरेश चौधरी, रामु चौधरी, कमल चौधरी, नरेश चौधरी, चन्द्रकिरण पुरी चयन भएका छन् ।

कमल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङका सचिवालय सदस्य विकास वली, राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य तिलक योगीले नवगठित जनपरिषद्ले विकास निर्माणदेखि जनतालाई न्याय सुरक्षाको कार्य गर्ने बताउनुभयो । कमल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रविण थारुले गर्नुभएको थियो ।

त्यस्तै दाङ्गको नारायणपुरमा याम बहादुर डाँगी प्रमुख, हापुरमा नवराज पाण्डे, ढिकपुरमा ठाकुर चौधरी प्रमुखमा चयन गरिएको छ ।

0 comments

Write Down Your Responses