मुगु प्रहरी सुरक्षा घेराकाबीच शोबा मतदान केन्द्र कम्युनिष्ट पार्टीको कब्जामा



बैशाख ३०, मुगु । नेपाल कम्युनिष्ट पार्टीले मुगुको एक मतदान केन्द्र कब्जा गरेको छ ।

मुगुको रारा छायानाथ नगरपालिका वडा–१२ स्थित प्रहरी सुरक्षा घेराको बीचमा रहेको शोबा मतदान केन्द्र कम्युनिष्ट पार्टीले कब्जामा लिएको हो । घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी सारदाप्रसाद चौधरीले मतदान केन्द्रमा तोडफोड समेत भएको बताएका छन् ।

मतदान केन्द्रको सुरक्षामा प्रहरी खटिएको थियो तर, उनीहरु धेरैको संख्यामा आएकाले प्रतिकार गर्न सकिएन . डिएसपी चौधरीले भने– मतदान केन्द्रमा तोडफोड पनि भएको छ । उनीहरुको खोजीकार्य सुरु गरका छौं ।

यता नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नीति अनुसार नै मतदान केन्द्र कब्जामा लिएको भन्दै त्यहि नीति अनुसार प्रहरीको हतियारलाई भने त्यहि छोडिदिएको बताएको छ ।

स्थनीय चुनावको १ दिन मात्र बाकीं रहदा कम्युनिष्ट पार्टीले बम बिस्पोट, मतदान स्थान कब्जा र उम्मेदवारहरुलाई नियन्त्रणमा लिने लगाएतका गतिविधि बढाएको छ । स्थानीय चुनावलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कडा सुरक्षा व्यवस्था मिलाएको बताए पनि स्थित नियन्त्रण बाहिर रहेको विश्लेषकहरुको भनाई छ ।

0 comments

Write Down Your Responses