तत्काल रिहा नगरे कडा संघर्ष गर्नेः सेक्रेटरी ओली



बैशाख २७, जाजरकोट । विनाकारण पक्राउ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहाईको माग गरेको छ । जाजरकोट सेक्रेटरी अमर ओलीले गिरफ्तार नेता तथा कार्यकर्ताको रिहाईको माग गरेका हुन् ।

ओलीका अनुसार गत आइतबार कुशे गाउँपालिका –५ का एरिया सदस्य कर्णबहादुर थापा, बलबहादुर मल्ल, जिल्ला सदस्य नवराज बिक, मानबहादुर बिक र त्रिवेणी नलगाड नगरपालिका –३ घर भई हाल भेरी नगरपालिका –३ बस्ने जिल्ला सचिवायलय सदस्य डम्बरबहादुर सिंहलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

सेक्रेटरी अमर वलीले बिनाकारण नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । बिनासर्त तत्काल रिहा नगरे कडा संघर्ष गर्ने बताए । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार हुनेपर्ने चेतावनी वलीले दिए ।

स्थानीय तहको निर्वाचन जनमुखि नभएकोले देशैभरी चुनाव खारेजी अभियान तीब्र बनाएको नेकपाले जनाएको छ ।

0 comments

Write Down Your Responses