धादिङमा विप्लवका नेताकार्यकर्ता गिरफ्तार गरी वेपत्ता

बैशाख २३, धादिङ ।
नेपाल कम्युनिस्ट पार्टीका १२ जना नेता–कार्यकर्तालाई धादिङ प्रहरीले गिरफ्तार गरी वेपत्ता बनाएको समाचार छ ।
धादिङ जिल्लाको गजुरीबाट पार्टीको बैठक सकेर सदरमुकाम जाँदै गर्दा मलेखु नजिक बस नियन्त्रणमा लिएर उनीहरुलाई धादिङ प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेहरुमा भुवन गुरुङ, राजकुमार तामाङ, प्रवेश तामाङ लगाएत छन् । कसैलाई पनि आफन्तसंग भेटघाट गर्न नदिएको उनीहरुका आफन्तहरुले गुनासो गरेका छन् ।
सो सम्बन्धमा बुझ्न खोज्दा धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले प्रतिकृया जनाउनसमेत मान्नुभएन ।


0 comments
Write Down Your Responses