होसियार.. ! सरकारले दियो मान्छे मार्ने अधिकार



बुथमा २८ प्रहरीः अनुमति नलिइ गोली चलाउन सक्ने


बैशाख २५, काठमाडौं । आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोलि चलाउन सक्ने अधिकारसहित गृहमन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ । यी प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन् ।

0 comments

Write Down Your Responses